यस्तो छ आईपीएलको प्ले अफ पछिको खेल तालिका

Prabhu Bank

एजेन्सी। यूएईमा जारी आईपीएलको प्ले अफ पछिको खेल तालिका सार्वजनिक भएको छ। आईपीएलले आइतबार प्ले अफ पछिको खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक भएको तालिका अनुसार पहिलो क्वालिफायर नोभेम्बर ५ मा दुबईमा हुनेछ। पहिलो क्वालिफायरमा लिग चरणमा पहिलो र दोस्रो हुने टिम भिड्ने छन्।

Saftey Pads

पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ। दोस्रो क्वालिफायर नोभेम्बर ८ मा अबुधाबीमा हुनेछ। दोस्रो क्वालिफायरमा खेल्ने अर्को टिम इलिमिनेटरको विजेता हुनेछ। लिगको तेस्रो र चौंथो हुने टिमबीचको इलिमिनेटर नोभेम्बर ६ मा अबुधाबीमा हुनेछ।

दोस्रो क्वालिफायरमा जित निकाल्ने टिमले फाइनलमा स्थान बनाउने छन्। आईपीएलको फाइनल खेल दुबईमा नोभेम्बर १० मा हुनेछ।

 

अन्य सम्बन्धित समाचार:  एटिपी टेनिसको उपाधि मेदभेदेभलाई
Maruti Cement