कोरोना अपडेट: नेपालमा सङ्क्रमितको संख्या १ लाख ६० हजार आसपास

Prabhu Bank

काठमाडाैं। नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ६० हजार आसपास पुगेको छ। गएको २४ घण्टामा एक हजार ७ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या १ लाख ५९ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये १ लाख १५ हजार ६ सय ७५ जनाले कोरोना जितेका छन्।

Saftey Pads

गएको २४ घण्टामा ४ हजार ५ जना निको भएका छन्। अहिले नेपालमा ४३ हजार २ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। यस्तै गएको २४ घण्टामा नेपालमा १५ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ। यो सँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ सय ६२ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १३ लाख ९८ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ भने ४३ हजार २९३ सक्रिय संक्रमित सबै आइसाेलेसनमा बसेका र तीमध्ये २ हजार ९६९ जना क्वारेन्टाइनमा बसेका छन्।

Maruti Cement