गुल्मीमा जुवा खेल्दै गरेका वडाध्यक्षसहित १२ पक्राउ

Prabhu Bank

गुल्मी। गुल्मीमा जुवा खेल्दै गरेको अवस्थामा सामेबार राति वडाध्यक्षसहित १२ जना जुवाडे पक्राउ परेका छन्।

Saftey Pads

गुल्मीको रेसुङगा नगरपालिका ७ का अध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डेसहितलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको हो।

वडाध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक समेत हुन्। रेसुङगा नगरपालिका ८ तम्घासस्थित एभरग्रीन होटलबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक राजकुमार रावलले बताए।

उनीहरूको साथबाट ७० हजार रुपैयाँ समेत बरामद गरिएको छ।

अन्य सम्बन्धित समाचार:  छलफलका लागि ओली र प्रचण्ड राष्ट्रपति भवन जाँदै
Maruti Cement