नवलपरासीमा पुजारीको हत्या

Prabhu Bank

नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ४ नर्सहीस्थित हनुमान मन्दीरका पुजारी सन्तश्री महँगु केवटको घाँटी रेटेर हत्या गरिएको छ।

Saftey Pads

उनको आइतबार दिउँसो हत्या गरिएको हो। पुजारीको शरिरका विभिन्न भागमा धारिलो हतियारका घाउ छन्। घाँटी र टाउकोमा समेत घाउ रहेको प्रहरी नायव उपरीक्षक राजु लामाले बताए।

घटनाबारे अनुसन्धान भइरहेको छ। स्थानीयवासीका अनुसार अपरिचित भारतीय नागरिकले उनको हत्या गरेको आशंका गरेका छन्।

विश्व हिन्दु परिषद् नेपालले पुजारीका हत्यारालाई कारबाहीको माग गरेको छ।

Maruti Cement