सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

Prabhu Bank

सप्तरी। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका ८ मा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

Saftey Pads

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुवैको ज्यान गएको हो।

दुर्घटनामा परी साइकल चालक मोरङको उर्लाबारी नगरपालिकाका ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका ७ का मुकेश सिंहको मृत्यु भएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए।

घाइते श्रेष्ठको विराटनगर तथा सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडी सवार सप्तकोशी नगरपालिका ७ का २५ वर्षीय अनिलकुमार यादव घाइते भएका छन्।

अन्य सम्बन्धित समाचार:  प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक
Maruti Cement