युवती जिस्क्याएपछि दाङमा झडप, सात घाइते

Prabhu Bank

दाङ। दाङको राजपुरमा दुई पक्षबीच झडप हुँदा सात जना घाइते भएका छन्।

Saftey Pads

दुर्गा मन्दिरमा दर्शनका लागि पुगेकी १७ वर्षीया एक किशोरीलाइ राजपुर–४ दुलैयाका ओमकार यादवले दुर्व्यवहार गरेपछि विवाद सुरु भएको थियो।

विवादले उग्ररुप लिएपछि युवती पक्ष र युवक पक्षबीच झडप भएको हो।

आपसमा ढुंगामुडा हुँदा दुवै पक्षका घाइते भएका इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीमा एकजनाको मृत्यु
Maruti Cement