भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ मा काठमाडौँ आउने

Prabhu Bank

काठमाडौं। भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने कात्तिक १९ गते काठमाडौँ आउने भएका छन्। उनी तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउन लागेका हुन्।

Saftey Pads

उनको भ्रमणको भारतीय पक्षले तोकेको हो। नेपाली पक्षसँग यसबारे छलफल नभएको बताइएको छ। दुई देशका अधिकारीबीच भ्रमणको मितिलाई औपचारिक टुंगो लगाउने विषयमा छलफल हुने छ।

नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट उच्च स्तरको भ्रमण हुन लागेको हो।

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ। त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन्।

भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच बिबाद कायमै छ।

अन्य सम्बन्धित समाचार:  सिमकोट विमानस्थलमा आगलागी

नरभानेले ३१ डिसेम्बर २०१९ मा भारतीय सेनाको प्रमुख भएका थिए।

Maruti Cement