सप्तरीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु

Prabhu Bank

शुभ नारायण यादव, सप्तरी। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

Saftey Pads

दुर्घटनामा साइकल चालक मोरङको उर्लाबारी नगरपालिकाका ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका-७ का मुकेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी भुवनेश्वर साहले जानकारी दिए।

उनका अनुसार श्रेष्ठको विराटनगर र सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सप्तकोशी नगरपालिका-७ का २५ वर्षीय अनिलकुमार यादव घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बौद्धमा आमाछोरी मृत अवस्थामा फेला, श्रीमान् अचेत
Maruti Cement