खोटाङ जिप दुर्घटनामा तीनको मृत्यु

Prabhu Bank

खोटाङ। खोटाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा चार घाइते भएका छन्।

Saftey Pads

उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जिप दुर्घटना भएको हो।

सोमबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेमा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा दाङका दुई संक्रमितको मृत्यु
Maruti Cement