आईपीएलमा चेन्नई सुपर किंग्स विजयी

Prabhu Bank

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स विजयी भएको छ।

Saftey Pads

बिहीबार राति युएईमा भएको खेलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो। एक सय ७३ रनको लक्ष्य चेन्नईले चार विकेट गुमाएर अन्तिम बलमा पूरा गरको हो।

चेन्नईका लागि ऋतुराज गायकवाडले ७२ रनको योगदान दिए। शेन वाटसनले १४, अम्बाती रायडुले ३८, साम कुरानले १३ तथा रविन्द्र जडेजाले अविजित ३१ रन बनाए।

बलिङतर्फ कोलकाताका लागि पेट कमिन्सन र वरुण चक्रवर्तीले दुई दुई विकेट लिए। यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो।

अन्य सम्बन्धित समाचार:  सधैं होइन, एक सय दिन मास्क लगाऔंः जो बाइडन

कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८७ रन बनाए। शुभमन गिलले २६ रन जोडे। बलिङतर्फ चेन्नईका लुंगी निग्दीले दुई विकेट लिए।

कोलकातासितको खेल जिते पनि चेन्नई प्रतियोगिताबाट बाहिरिसकेको छ।

Maruti Cement