नेकपा कार्यकर्ता हत्या प्रकरण : पूर्वसांसदसहित १२ विरूद्ध किटानी जाहेरी

Prabhu Bank

वीरगन्ज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्सा जिल्ला समितिका सदस्य मुकेश चौरसियाको हत्या प्रकरणमा पूर्वसांसदसहित १२ जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ।

Saftey Pads

बिहीबार जिल्ला प्रहरी कार्यालयमा पुर्वसांसद राजकुमार गुप्तासहित अन्य विरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दर्ता भएको हो।

गत साता शपथग्रहण कार्यक्रममा नेकपाका दुई पक्षबीच झडप हुँदा बिन्दबासनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्या भएको थियो।

मृतकका भाइ महेशले जाहेरी दिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। उक्त घटनामा संलग्न हनिफ मियाँ, देवा सहनी र सोकदिन गर्दीलाई पक्राउ गरिएको छ।

गत बिहीबार बिन्दबासनी–५ प्रसौनी भाठामा झडपमा परी घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो।

अन्य सम्बन्धित समाचार:  प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक
Maruti Cement