दक्षिण कोरियाली पूर्वराष्ट्रपति लीलाई भ्रष्टाचार अभियोगमा जेल सजाय

Prabhu Bank

एजेन्सी। दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ।

Saftey Pads

सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका लीलाई उनको अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो।

लीले आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो। बिहीबारको फैसलाले पूर्वराष्ट्रपति लीलाई पुनरावेदनको सुविधा दिएको छैन। राष्ट्रपतिले सजाय माफ नगरेमा उनलाई जेल सजाय हुनेछ।

यसअघि दक्षिण कोरियाका चार पूर्वराष्ट्रपतिले जेल सजाय पाइसकेका छन्। लीलाई यसअघि पनि सन् २०१८ मा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय भएको थियो।

पुनरावेदन अदालतले उनलाई १७ वर्ष जेल सजाय तोकेको थियो। त्यो बेला उनलाई जमानतमा रिहा गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  सधैं होइन, एक सय दिन मास्क लगाऔंः जो बाइडन

अदालतले लीलाई नौ अर्ब ४० करोड वन बराबर आथिक अनियमितता गरेको ठहर गर्दै जेल सजाय तोकेको थियो।

Maruti Cement