काभ्रेका पत्रकार विष्णु चौलागाईंको कोरोनाबाट निधन

Prabhu Bank

काभ्रे। कोरोना भाइरसको संक्रमणबाट काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको निधन भएको छ।

Saftey Pads

काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको शुक्राबार बिहान निधन भएको हो। उनी गत असोज २६ गते कोरोनाबाट संक्रमित भएका थिए।

त्यसपछि चौलागाईँ होम आइसोलेसन बसेका थिए। ज्वरो बढेपछि उनलाई कात्तिक १ गते उपचारका लागि काठमाडौँको ओम अस्पताल भर्ना गरिएको थियो।

ब्रोनक्राइटिसबाट पीडित उनको निधन भएको काभ्रे पोष्टका पत्रकार दीपकप्रसाद चौलागाईंले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  २४ घण्टामा २ हजारभन्दा बढी कोरोना संक्रमित डिस्चार्ज: १ हजार ३४३ थपिए
Maruti Cement