कैलालीमा भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्षसहित तीन पक्राउ

Prabhu Bank

धनगढी। कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन्।

Saftey Pads

धनगढी उपमहानगरपालिका १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

वडाध्यक्ष जोशीले २०७५ फागुन २० गते भारतका अलियास अन्सारीलाई वंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको पाइएको छ।

वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर वडाध्यक्ष जोशीले भारतीय नागरिक अन्सारीलाई सिफारिस गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

उनले एक लाख घुस खाएको पत्ता लागेको छ। अन्सारी टीकापुर नगरपालिका ७ मा बस्दै आएका छन। नक्कली बुवा बनेका चौधरी फरार छन्।

उनका दाजु बनेका खुसीराम चौधरी र भाउजू बनेकी गीता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका वडाध्यक्ष जोशी कांग्रेसबाट विजयी जनप्रतिनिधि हुन्।

अन्य सम्बन्धित समाचार:  प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक
Maruti Cement