रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

Prabhu Bank

बुटवल। रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

Saftey Pads

बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार मृत्यु भएको हो।

उनमा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको हो। सोही दिन अस्पताल भर्ना गरिएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।

ती पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको रोगबाट पीडित रहेको अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  'जुगजुग जिओ'को निर्देशकसहित ३ कलाकारलाई कोरोना, छायाँकन स्थगित
Maruti Cement