कैलालीमा युवक हत्यामा तीन पक्राउ

Prabhu Bank

धनगढी। कैलालीको जानकी गाउँपालिका ५ मा कुटपिट गरी बिहीबार राति युवकको हत्या गरिएको छ।

Saftey Pads

हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

तिमल्सिनालाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो। अस्पताल पुर्याउने बित्तिकै उनको मृत्यु भएको हो। प्रहरीले स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरेको छ।

अन्य सम्बन्धित समाचार:  कैलालीमा जन्ती बोकेको माइक्रो बस दुर्घटना: १३ जना घाइते
Maruti Cement