यस्ता लक्षण देखिए कोरोनाको खतरा

Prabhu Bank

एजेन्सी। अनुसन्धानका अनुसार कोरोनाबाट मुक्त भएको केही हप्तासम्म पहिलेजस्तै दैनिक काममा सक्रिय भइहाल्नु हुँदैन। यसो गर्दा थकानको समस्या उत्पन्न हुन सक्छ। आउने दिनमा यो अझ जटिल बन्न सक्छ। लामो समय कोरोना संक्रमणको असर रहिरहने अवस्थाबारे वैज्ञानिकले अनुसन्धान गरिरहेका छन्।

Saftey Pads

किङ्स कलेज लन्डनले गरेको अनुसन्धानअनुसार कोरोना संक्रमण भएको पहिलो हप्तामा पाँचभन्दा बढी लक्षण देखिनु दीर्घ कोभिडका संकेत हुन सक्छन्।
संक्रमणको पहिलो हप्ता थकान, टाउको दुख्ने, सास लिन गाह्रो हुने, आवाज पनि भारी हुने, मांसपेशी र शरीर दुख्नेजस्ता लक्षण देखिए कोरोना हुने खतरा हुन्छ।

कोरोना संक्रमण भएको ४ देखि ८ हप्तासम्म पनि सञ्चो भएन भने बिरामीलाई दीर्घ कोभिड हुने खतरा हुन्छ। यस्ता बिरामीमा कोरोना नेगेटिभ भइसकेर पनि रुघा, खोकी, सास लिन गाह्रो हुने, मांसपेशी दुख्ने र धेरै थकाइ लाग्नेजस्ता समस्या भइरहन्छ।

अन्य सम्बन्धित समाचार:  २४ घण्टामा २ हजारभन्दा बढी कोरोना संक्रमित डिस्चार्ज: १ हजार ३४३ थपिए

बेलायतका वैज्ञानिकले कोरोनाबाट संक्रमित ४० हजार मानिसमा अनुसन्धान गरेका थिए। यसमा बेलायत र स्विडेनका बिरामी सहभागी थिए। तीमध्ये २० प्रतिशत संक्रमितले एक महिनासम्म पनि राम्रोसँग निको हुन नसकेको बताएका थिए।

यस्तै १ सय ९० बिरामीमा भने ८ देखि १० हप्तासम्म लगातार कोरोनाका लक्षण देखिएको पाइयो। यसैगरी सय जना बिरामीले संक्रमणको १० हप्तासम्म पीडा भएको बताए।

अनुसन्धानका अनुसार कोरोनाबाट मुक्त भएको केही हप्तासम्म पहिलेजस्तै आफ्ना काममा सक्रिय भइहाल्नु हुँदैन। यसो गर्दा थकानको समस्या उत्पन्न हुन सक्छ। आउने दिनमा यो अझ जटिल बन्न सक्छ।

साथै यस अवधिमा स्वस्थ र पोषिलो खानेकुरा खाने, योगासन गर्ने गर्नुपर्छ। कुनै औषधि खाने गरिएको छ भने त्यो नियमित गर्न बिर्सनु हुँदैन।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोनाबाट वृद्धको मृत्यु

कोरोना संक्रमणबाट मुक्त भइसकेका ६४ प्रतिशत मानिसमा महिनौंसम्म भाइरसका असर देखिएको पाइयो। उपचारपछि पनि उनीहरूमा सास लिन कठिन, थकान, बेचैनी र डिप्रेसनका समस्या देखिए।

कोरोना संक्रमण भएको २ देखि ३ महिनासम्म असर पाइयो। कोरोनाबाट मुक्त ५५ प्रतिशत मानिसमा थकानको समस्या देखियो।

कोरोना नेगेटिभ भइसकेर पनि महिनौं लक्षण र असर देखिइरहन्छन्, त्यही नै दीर्घ कोभिड हो। दीर्घ कोभिड भएका मानिसमा पनि लक्षण अलग अलग देखिन सक्छन्। तर साझा समस्या हो थकान।

यसबाहेक यस्ता बिरामीमा सास लिन गाह्रो हुने, खोकी, जोर्नी तथा मांसपेशीको दुखाइ, सुन्न÷ देख्नमा समस्या तथा टाउको दुख्ने हुन्छ। यस्ता बिरामीमा आन्द्रा, मिर्गौला, फोक्सो र मुटुमा क्षति पुग्न सक्छ। संक्रमण मुक्त भइसकेर पनि डिप्रेसन, बेचैनीजस्ता समस्या देखिन्छन्।

Maruti Cement