देशभर चिसो बढ्दै

Prabhu Bank

काठमाडाैं। देशभर न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्दै गएको छ। काठमाडाैंको आज बिहानको तापक्रम यो वर्षकै कम ११ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिजो र अस्ति काठमाडाैंको न्यूनतम तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस थियो। न्यूनतम तापक्रम घटेर बिहान बेलुकी चिसो बढे पनि दिउँसो भने गर्मी नै छ।

Saftey Pads

अधिकतम तापक्रम घट्दै गएपछि मात्रै दिउँसो पनि चिसो हुने मौसमविद्को भनाइ छ। आज पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अरु ठाउँको मौसम सफा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीमा एकजनाको मृत्यु
Maruti Cement