बर्दियामा दुई महिनामा बाघले ६ को ज्यान लियो

बर्दिया। बर्दियामा दुई महिना यता बाघले ६ जनाको ज्यान लिएको छ।

गेरुवा गाउँपालिका ४ मा बाघको आक्रमणमा परी शनिबार ६८ वर्षीय लहानु थारुको ज्यान गएको छ। शनिबार साँझ गेरुवा नदी किनारमा गोरु चराएर घर फर्किन खोज्दा उनी बाघको आक्रमणमा परेका थिए।

प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघले थारुलाई आक्रमण गरेको बताए।

यस अघि बाघको आक्रमणमा परी ५ जनाको मृत्यु भएको थियो।

अन्य सम्बन्धित समाचार:  नेपाल समुहका चार नेता बालुवाटारमा, महासचिव पोखरेल राष्ट्रपति भेट्न शीतल निवासमा