ट्वेन्टी वन लेसन्स फर द ट्वेन्टी फर्स्ट सेन्चुरी – अध्याय १

Prabhu Bank

साजन सुवेदी। सेपियन्स र हाेमाे ड्युसकाे अपार सफलतालगत्तै इजरायलका प्राध्यापक तथा लेखक युवल नाेह हरारीले सन २०१८ मा एक्काइसाैं शताब्दीका नागरिकहरुका लागि अर्काे एउटा संग्रहणीय पुस्तक लिएर आए, जसकाे नाम हाे ‘ट्वेन्टी वन लेसन्स फर द ट्वेन्टी फर्स्ट सेन्चुरी’। ट्वेन्टी वन लेसन्स फर द ट्वेन्टी फर्स्ट सेन्चुरीले अहिलेकाे सूचनाकाे बाढी र अनलाइनका माध्यमबाट धमिलाे पानीमा माछा मार्न खाेज्नेका बारेमा तथा अहिलेकाे विश्वव्यापी एजेण्डाका केही महत्वपूर्ण प्रश्नका बारेमा प्रकाश पार्न खाेजेकाे छ।

Saftey Pads

लेखक हरारीले यस पुस्तकमा आजकाे विश्वमा टड्काराे रुपमा देखा परेका २१ ठूला प्रश्नकाे २१ वटा अध्यायमा जवाफ दिन खाेजेका छन्। यहाँ प्रस्तुत गर्न लागिएकाे लेख भने यही ३०० पृष्ठकाे पुस्तक स्टिभ ग्लाभेस्कीले आद्याेपान्त पढेर पहिलाे चरणमा १६ हजार शब्दकाे सारांश र दाेस्राे चरणमा त्यसबाट पनि ५ हजार शब्दमा घटाएर बनाएकाे सारांशकाे नेपाली अनुवाद मात्र हाे। यसमा लेख वा पुस्तकका बारेमा अनुवादककाे व्यक्तिगत धारणा समावेश गरिएकाे छैन।

लेखकका बारेमा

सन १९८६ इजरायलकाे हाइफा जिल्लाकाे किरयात आता भन्ने ठाउँमा जन्मिएका युवल नाेह हरारी इजरायलका बुद्धिजीवी, इतिहासविद् तथा जेरुसेलममा रहेकाे हिब्रु विश्वविद्यालयकाे इतिहास विभागका प्राध्यापक हुन्। उनी पूर्वी यूराेप तथा लेबनानी मूलका आमाबाबु श्लाेमाे र निना हरारीका तीन सन्तानमध्येका एक हुन्। उनका बाबु सरकारी हतियारसम्बन्धी इञ्जिनीयर थिए भने आमा कार्यालयकी प्रशासन थिइन्।

उनले आफ्नाे उच्च शिक्षाका लागि सरकारद्वारा अनिवार्य गरिएकाे इजरायल डिफेन्स फाेर्सेजमा जाेडिन मानेका थिएनन् भने पछि उनकाे उच्च शिक्षा सकिएपछि भने उनकाे स्वास्थ्यका कारण उनलाई उक्त सेवामा जानैपर्ने नियम बाट माफी गरिएकाे थियाे। उनले १७ वर्षकाे उमेरमा हिब्रु युनिभर्सिटी अफ जेरुसेलममा इतिहास तथा अन्तरराष्ट्रिय सम्बन्धकाे काेर्स पढ्न शुरु गरेका थिए।

अन्य सम्बन्धित समाचार:  तारे र मालेको जुधाई-दोस्रो पुस्ताका बाच्छाहरूको मिचाई-बूढा किसान खोई हलो? खोई गाई?

हरारीले उनी अक्सफाेर्ड विश्वविद्यालयमा पढ्दै गर्दा सन् २००० तिर गरेकाे विपश्यना ध्यानले आफ्नाे जिन्दगी बदलिदिएकाे बताएका छन्। उनी अहिले पनि दिनकाे दुई घण्टा विपश्यना गर्ने गर्दछन्। त्यस बाहेक उनी प्रत्येक वर्ष ध्यानका लागि एक महिना वा त्याेभन्दा बढी समयकाे बिदा छुट्याउँछन्। उनी आफैं पनि ध्यानका सहायक गुरु पनि हुन् भने ध्यानका समय पुस्तक, सामाजिक सञ्जाल तथा काेलाहलबाट टाढै बस्दछन्।

उनले आफ्नाे दाेस्राे पुस्तक हाेमाे ड्युस बर्मेली मूलका आफ्ना भारतीय विपश्यना गुरु सत्यनारायण गाेयन्काप्रति समर्पित गरेका छन्। त्यस सम्बन्धमा उनले भनेका छन्, ‘गुरुजीले मलाई थुप्रै महत्वपूर्ण कुराहरु सिकाउनुभएकाे छ, मैले विगत १५ वर्षदेखि गुरुकाे छत्रछायाँमा गरेकाे विपश्यनामार्पत् पाएकाे एकाग्रता, शान्ति तथा अन्तर्चेतना नहुँदाे हाे त सायद मैलै याे  पुस्तक लेख्न सक्ने थिइनँ हाेला।’

हरारीले ध्यानलाई अनुसन्धानकाे संज्ञा पनि दिएका छन्।

उनी आफैं पनि शाकाहारी हुन् भने जनवरी २०१९ सम्म उनले माेबाइल फाेनसमेत प्रयाेग गरेका थिएनन्।

उनले यसअघि सन् २०१४ मा विज्ञानसँग सम्बन्धित सेपियन्स: अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइण्ड तथा २०१६ मा हाेमाे ड्युस: अ ब्रिफ हिस्ट्री अफ टुमाेराे प्रकाशित गरेका थिए जुन अति नै सफल र धेरै प्रति बिकेका पुस्तकहरुमध्ये पर्दछन्।

अध्याय १ – मोहभंग

कथाहरु

सूचनाको बाढी सम्बन्धमा हरारी भन्छन्-मानव जाति कुनै पनि कुरालाई तथ्यभन्दा पनि कथा, सङ्ख्या वा समीकरणका रुपमा सोच्ने गर्दछ, त्यसैकारण २० औँ शताब्दीका कम्युनिष्ट, फासीवादी र उदारवादी कथाहरु निकै शक्तिशाली थिए। उनका विचारमा कथा जति सरल भयाे त्यति राम्रो। कथाका पाठ राजनैतिक युद्ध घोषणा गर्नेहरु (जो वास्तविकतामा धेरै कम सङ्ख्यामा छन्) का लागि मात्र नभई व्यापार तथा व्यवसायमा लागेकाहरुका लागि पनि हुनुपर्छ। कथा सकेसम्म सरल हुनु वा बनाउनु अनिवार्य हुन्छ। २० औँ शताब्दी विशेष गरी तीनवटा राजनीतिक प्रणालीसँग सम्बन्धित थियो भने २१औँ शताब्दीले मानव, अतिमानव (कथाहरुमा वर्णित अति शक्तिशाली मानव) र कृत्रिम बाैद्धिकताका नयाँ कथा तथा वर्गहरुको सुरुवात गर्‍यो।

अन्य सम्बन्धित समाचार:  तारे र मालेको जुधाई-दोस्रो पुस्ताका बाच्छाहरूको मिचाई-बूढा किसान खोई हलो? खोई गाई?

कृत्रिम बाैद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)

कृत्रिम बाैद्धिकता जति परिपक्व र हावी हुँदै गयो त्यति नै यसले मानव र प्रविधिद्वारा पृष्ठपोषण गरिएका अतिमानवहरुको वर्ग सिर्जना गर्दछ। एलन मस्कले जो रोगन एक्सपिरियन्स नामक श्रव्यदृश्य पडकास्टको एउटा संस्करणमा भने झैँ हामी (मानव जाति) पहिले नै फैलाइएका छाैँ, मानव जातिबीच मात्र आवद्धता टुटेको छ र आवद्धता पुन: प्राप्त गर्ने प्रक्रियाको ‘डेटा रेट’ ज्यादै ढीला ‍छ। हरारी भन्छन्- हिजोआज उदारवादी कथाविरुद्ध थुप्रै नकारात्मक प्रतिक्रियाहरु आएका छन्, तर अन्त्यमा मानव जातिले उदारवादी कथा त्याग्नेछैन किनकि यसको कुनै पनि व्यवहारिक विकल्प उपलब्ध छैन। ‘मानिसहरुले यो प्रणालीविरुद्ध जति नै नकारात्मकता ओकले पनि अन्ततोगत्वा जाने ठाउँ कतै हुन्न र फर्केर त्यही प्रणालीमा आउनेछन्।’

मिडियम डट कममा स्टिभ ग्लाभेस्कीद्वारा प्रस्तुत लेखकाे अनुदित अंश

Maruti Cement