लघुचलचित्र ‘आइसक्रिम’ले जित्याे २ विधामा अवार्ड

Prabhu Bank

काठमाडौँ। ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा संगीता श्रेष्ठ निर्देशित लघुचलचित्र ‘आइसक्रिम’ले २ विधामा अवार्ड प्राप्त गरेको छ। नोभेम्बर ३ देखि ७ सम्म भर्चुअल रुपमा चलेकाे प्रतिस्पर्धामा ‘बेस्ट चाइल्ड एक्टर’ विधामार्फत योगिशा खत्रीले अवार्ड पाईन। त्यस्तै ‘बेस्ट इडिटर’मा लोकेश बज्रचार्यले अवार्ड हात पारे।

Saftey Pads

त्यस्तै ‘आइसक्रिम’ बेस्ट स्क्रिनप्ले, फिल्म र निर्देशन विधातर्फ मनोनयनको शीर्ष तीनसम्म पुगेको निर्देशक संगीताकाे भनाई छ। ९ मिनट लामो फिल्म बाल यौन शोषणमाथि आधारित छ। सडकमा पैसा माग्दै हिँड्ने एक बालिकामाथि फिल्मको कथा आधारीत रहेकाे छ। फिल्मले समाजमा छोरीहरु बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने समेटेकाे देखिन्छ।

संगीतका अनुसार ‘आइसक्रिम’ अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’सँगै अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा छनोट भइसकेको छ। यसअघि संगीताले ‘कथा काठमाण्डू’ निर्देशन गरेकी थिइन्।

अन्य सम्बन्धित समाचार:  मङ्सिर २२ मा पुनः विवाह गर्दै नायिका श्वेता खड्का
Maruti Cement