निकै संघर्षपछि स्थापित भएका थिए ‘तारक मेहता का उल्टा चश्मा’ का जेठालाल

Prabhu Bank

एजेन्सी। भारतीय च्यानल सोनी सबमा आउने ‘तारक मेहता का उल्टा चश्मा’ भारतमा निकै चर्चित टेलिसरियलका हो। सिरियलमा जेठालाल, दया भाभी, भिडे दम्पति, डाक्टर हात्ती, चम्पक चाचा, टप्पु, सोनु, अय्यर, बबिता, तारक मेहता, गोली रोशन भाभी, अञ्जली मेहता, गुरुचरन, शोंधी, पोपटलाल, नट्टु काका, अब्दुल, बावरी, बागा, कोमल भाभी, माधवी, सुन्दरलाल, इन्सपेक्टर चालु पाण्डे लगायतका मुख्य पात्रहरु छन्। सबै भागका कथाहरु यिनै पात्रहरुका वरिपरी घुम्छन्।

Saftey Pads

सबै परिवर सँगै बसेर हेर्न मिल्ने यो सामाजिक हास्यप्रधान श्रृङ्खलाका मुख्य कलाकार वा पात्रमध्ये एक हुन् जेठालाल गडा। उनी सरियलमा चम्पकलाल गडाका छाेरा, दया भाभीका श्रीमान् तथा टप्पु अर्थात् टिपेन्द्र जेठालाल गडाका बाबुको रुपमा अभिनय गर्छन्।

यो भूमिकामा भूमिकामा देखिने कलाकारको वास्तविक नाम हा‍ो दिलीप जोशी। उनी यो श्रृङ्खला शुरु भएदेखि नै यसमा काम गरिरहेका छन्। जेठालाल भन्ने पात्रका माध्यमबाट नै उनी सानो पर्दामा नाम र दाम कमाइरहेका छन्। तर उनले यो अवस्थासम्म आइपुग्न थुप्रै सङ्घर्ष गरेका छन्।

अन्य सम्बन्धित समाचार:  धार्चेकाे फोटो प्रदर्शन

उनकै शब्दमा भन्नु पर्दा कुनै बेला यस्तो पनि थियो कि कसैले पनि उनलाई काम दिन मानेका थिएनन्। त्यतिबेला उनी कमर्सियल थियटरमा पर्दापछाडिका कलाकारका रुपमा काम गर्न बाध्य थिए।

एउटा भूमिकाबापत् ५० रुपैयाँ

‘मैले आफ्नो करियरकव शुरुवात कमर्सयल स्टेजमा ब्याकस्टेज आर्टिस्टका रुपमा गरेको हुँ,’ जोशीले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘मलाइ कसैले रोल दिँदैनथ्यो, मैले प्रति रोल ५० रुपैयाँ पाउँथेँ। तर त्यति बेला थियटरमा काम गर्ने उत्कट अभिलाषा थियो। मैले आफूलाई पर्दापछाडिको कलाकारको भूमिका पाएकोमा पछुतो थिएन, मलाई त जसरी भए पनि थियटरमा काम गर्नु थियो। सानो भूमिका गरदै थियटरसँग लगाव राखिरहे कुनै दिन ठूलो रोल पनि पाइहालिन्छ भन्ने विश्वास राखेर काम गर्दै गएँ।’

अन्य सम्बन्धित समाचार:  मङ्सिर २२ मा पुनः विवाह गर्दै नायिका श्वेता खड्का

स्टेज शो गरेरै अढाई दशक बित्यो

दिलीप जोशी अर्थात् जेठालाल गडाका अनुसार उनले स्टेज शो गर्न थालेको एक दशकभन्दा बढी भइसक्यो। उनी भन्छन्, ‘ मैले २५ वर्षसम्म गुजराती थियटरमा काम गरेँ, मेरो अन्तिम नाटक २००७ मा ‘दया भाइ’ नामको थियो।

‘तारक मेहताका उल्टा चश्मा’ सिरियलपछि व्यस्तता बढ्यो

‘सन् २००८ मा म ‘तारक मेहताका उल्टा चश्मा’ को लागि आइतबारमा समेत दैनिक १२ घण्टा शुटिङमा व्यस्त भएँ’, जोशीले भने, ‘थियटरका लागि भने छुट्टै खालको अनुशासन चाहिन्छ, हप्ताका सबै दिन र सप्ताहान्तमा समेत शो हुन्छ। यसैले टीभी र थियटरलाई सँगसँगै लैजान मुश्किल परेको थियो। मलाई थियटरको खुब सम्झना आउँछ।’

Maruti Cement