डडेल्धुरामा बाघको आक्रमणबाट बालकको मृत्यु

डडेल्धुरा। डडेल्धुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।

आइतबारसाँझ भागेश्वर गाउँपालिका–१ रुपालमा बाघले आक्रमण गर्दा स्थानीय १२ वर्षीय दीलबहादुर साउदको ज्यान गएको हो।

उनी नजीकै खेलिरहेका बेला बाघले आक्रमण गरेको प्रहरी प्रमुख माधव नेपालले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  खोप खरिदमा बिचौलियाको चलखेलप्रति ट्रान्सपरेन्सी इन्टरनेसनलको ध्यानाकर्षण