अत्यधिक चिसोले हुम्लामा धारामा पानी जम्यो

Prabhu Bank

हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले धारामा पानी जम्न थालेको छ।

Saftey Pads

कात्तिक दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी जम्न थालेको छ। रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा पानी जम्न थालेको छ।

बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानी जम्न थालेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी निरीक्षक तथा बिओपी हिल्साका प्रमुख सुरज केसीले जानकारी दिए।

त्यहाँको तापक्रम माइनसमा झरेको छ। दिउँसो घाम लागेपछि मात्रै पानी पिउन मिल्ने उनले बताए। हिल्सामा होटल व्यवसायी छैनन्। सशस्त्र प्रहरी र नेपाल प्रहरी मात्र तैनाथ छन्।

चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकी मङ्सिर पहिलो साता सिमकोट सर्ने तयारीमा छ। प्रहरीको टोली जिल्ला फिर्ता भए पनि सशस्त्र प्रहरी भने हिउँदमा पनि हिल्सामै बस्ने छन्। मङ्सिर लागेपछि हिल्सा, लिमीलगायत उच्च भेगका प्रहरी चौकी जिल्ला सदरमुकाम स्थानान्तरण गरिँदै आएको छ।

अन्य सम्बन्धित समाचार:  संसद छिटो खोलियोस्ः सुजाता कोइराला

हिल्सामा बिओपी स्थापना भएसँगै यो वर्षदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिने भएको छ । पुस र माघमा हुम्लामा अत्यधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढीमा झर्ने गर्छ। तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले धारामै पानी जम्न थाल्छ।

Maruti Cement