प्रमोद खरेल र अन्तरा उपाध्यायको ‘नीरमाया’ सार्वजनिक

Prabhu Bank

काठमाडौँ। गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको स्वरमा रहेको गीत ‘नीरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

Saftey Pads

गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ भने मोहित मुनालले संगीत संयोजन गरेका हुन्।

युवा–युवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय रहेको छ। शुभम् भुजेलले कोरियोग्राफी गरेको उक्त भिडियोको सम्पादन विकाश धमलाले गरेका हुन्।

निकाश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

अन्य सम्बन्धित समाचार:  ‘विवाहका बेला मेरो सुरुवाल च्यातियो, साथीको लगाएर ७ फेरा लिएँ’: आदित्यनारायण
Maruti Cement