नेपालगन्जमा उपचाररत थप तीन संक्रमितको मृत्यु

Prabhu Bank

नेपालगन्ज। बाँकेको नेपालगन्जमा उपचाररत थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाका दुई तथा दाङका एक संक्रमित रहेका छन्।

Saftey Pads

बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेजमा सोमबार मृत्यु भएको हो। उनलाई कात्तिक २३ गते अस्पताल भर्ना गरिएको थियो। उनमा सोही दिन कोरोना पोजेटिभ देखिएको हो। उनी निमोनियाबाट पीडित थिए।

यस्तै बर्दियाको बाँसगढी नगरपालिका ८ का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको हो। उनी कात्तिक २३ गते अस्पताल भर्ना भएका थिए। ती पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। उनको सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

यसैगरी दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो। सोमबार बिहान अस्पताल भर्ना भएका उनको राति मृत्यु भएको हो। ती पुरुषमा सोमबार राति नै कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  इटालीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाको घोषणा
Maruti Cement