रेडक्रसका पूर्व केन्द्रीय सदस्यको कोरोनाबाट मृत्यु

Prabhu Bank

झापा। नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति एवं पूर्व केन्द्रीय सदस्य रेवतिरमण नेपालको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

Saftey Pads

हल्दिबारी ४ का ७० वर्षीय नेपालको उपचारका क्रममा सोमबार राति विराटनगर नोबेल अस्पतालमा मृत्यु भएको हो।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार उनलाई कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि नेपाललाई विराटनगर रेफर गरिएको थियो।

प्लाज्मा थेरापीले पनि काम नगरेपछि उनको मुत्यु भएको अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  २४ घण्टामा २ हजारभन्दा बढी कोरोना संक्रमित डिस्चार्ज: १ हजार ३४३ थपिए
Maruti Cement