बुटवलमा अनमीसहित ३ कोरोना संक्रमितको मृत्यु

Prabhu Bank

बुटवल। रुपन्देहीमा उपचाररत एक स्वास्थ्यकर्मीसहित थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ।

Saftey Pads

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। उनी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य केन्द्रकी सिनियर अनमी हुन्। कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई १८ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। उनको सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

यस्तै सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो। कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भए पछि सोही दिन अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको मंगलबार बिहान मृत्यु भएको हो। उनी दमका रोगी थिए।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा जिप दुर्घटना हुँदा पाँचको मृत्यु

यसैगरी कपिलवस्तुका कोरोना संक्रमितको बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका–६ का ७९ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। कात्तिक २३ गते भर्ना भएका उनको सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। सोमबार राति नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

Maruti Cement