दाङमा ट्रकको ठक्करबाट ३ को मृत्यु

Prabhu Bank

दाङ। दाङको देउखुरीको राप्ती गाउँपालिका ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।

Saftey Pads

मंगलबार राति ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय भालुबाङले दिएको जानकारी अनुसार दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको हो।

तीनै जनाको शवलाई लमही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली इलाम र ताप्लेजुङको भ्रमणमा
Maruti Cement