बाँकेबाट ७ किलो अफिमसहित दुई पक्राउ

Prabhu Bank

नेपालगञ्ज। बाँकेको कोहलपुरबाट सात किलो अफिमसहित दुई जना पक्राउ परेका छन्।

Saftey Pads

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कोहलपुरको बसपार्कस्थित भेरी गेष्ट हाउसबाट मंगलबार अफिमसहित जाजरकोटका वीरेन्द्रमान सिंह र जयबहादुर सिंहलाई पक्राउ गरेको हो।

ब्यूरोको टोलीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ। ब्यूरोको टोलीले केही दिनयता धमाधम अफिम बरामद गरिरहेको छ।

प्रहरीले गत साता मात्रै खजुराबाट १० किलो चार सय ग्राम तथा कुसुमबाट तीन किलो अफिम बरामद गरेको थियो। अफिम र चरेश नेपालगञ्ज हुँदै भारत लैजाने गरिएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा दाङका दुई संक्रमितको मृत्यु
Maruti Cement