व्यङ्ग्यात्मक कार्यक्रम ‘आलु पाटी’ याे वर्ष अनलाइनबाट गरिने

Prabhu Bank

काठमाडौं। विगत ४ दशकदेखि निरन्तर आयोजना गरिँदै आएको हाँस्य व्यांग्यात्मक कार्यक्रम ‘आलु पार्टी’ यो वर्ष अनलाइन माध्यमबाट गरिने भएको छ। २०३४ सालदेखि तत्कालीन चर्चित हाँस्य व्यङ्ग्यकार रामकुमार पाँडे, वासुदेव लुइँटेल, टेकबहादुर मुखिया, दाताराम शर्मा, वासुदेव रिमाल ‘यात्री’ लगायतका साहित्यकारहरूको अगुवाइमा सुरु गरिएको यस कार्यक्रमलाई पहिलोपटक अनलाइन माध्यमबाट गरिन लागिएको हो।

Saftey Pads
आलुकै प्रतिमा बनाई प्रतिकात्मक रुपमा विभिन्न उपमा दिई आलुका परिकारसहित हाँस्य व्यङ्ग्यात्मक प्रस्तुतिहरूका साथ प्रत्येक वर्ष काग तिहारका दिन जावलाखेलस्थित पाँडे प्याराडाइजमा मनाइँदै आएको यस कार्यक्रमलाई यो वर्ष विभिन्न सामाजिक संजालबाट प्रत्यक्ष प्रसारण गरिने हुँदा संसारभर एकैसाथ हेर्न र सुन्न सकिने आयोजकले जनाएका छन्।

कार्यक्रमको प्रस्तुतकर्ता हाँस्य व्यंग्य समाज नेपाल रहेको छ भने साहित्य सञ्चार नेपाल, नेपाल हाइकू केन्द्र, आध्यात्मिक पत्रकार समाज ( आपस) ले सहकार्य गर्ने भएका छन्।

यस कार्यक्रमका संस्थापकमध्येका एक वरिष्ठ हाँस्य व्यंग्यकार राम कुमार पाँडेका अनुसार  यसअघिका कार्यक्रममा प्रत्यक्ष उपस्थित हुने कलाकार र साहित्यकारको प्रस्तुति रहने गरेकोमा यस वर्ष अनलाइन ( जुम ) को माध्यमबाट संसारको कुनै पनि कुनाबाट सहभागी हुन इच्छुक प्रतिभाहरूले सहभागिता जनाउन सक्नेछन्।

अन्य सम्बन्धित समाचार:  मङ्सिर २२ मा पुनः विवाह गर्दै नायिका श्वेता खड्का

विगतमा सहभागी हुँदै आएका कलाकारहरू शैलेन्द्र सिंखडा, दिपक राज गिरी, दिपाश्री निरौला, जितु नेपाल, दमन रुपाखेती, डम्बर घिमिरे, घनश्याम गौतम, टेक बहादुर कोइराला तथा साहित्यकारहरू प्रा. राम कुमार पाँडे, डा. बम बहादुर जिताली, हृदय प्रसाद मिश्र,वासुदेव गुरागाइँ, मित्रबन्धु पौडेल तथा कार्टुनिष्ट अशोकमान, अमिन श्रेष्ठलगायत अन्य परिचित तथा नव प्रतिभाहरूको पनि प्रस्तुति रहने बताइएको छ।

यस वर्षकव कार्यक्रम कार्तिक २८ गते कागतिहारका दिन दिउँसो ३ बजे आयोजना हुनेछ।
Maruti Cement