ताप्लेजुङमा तिहारमा देउसी भैलो खेल्न नपाइने

Prabhu Bank

सन्तोष पुर्कुटी, ताप्लेजुङ। ताप्लेजुङमा पछिल्लो समय समुदाय स्तरमै कोभिड १९ अर्थात (कोरोना संक्रमण) फैलन थाले पछि जिल्ला प्रशासन कार्यालयले कम्तीमा १५ दिन सुरक्षित तवरले बस्न जिल्लावासीलाई अनुरोध गरेको छ।

Saftey Pads

अन्य जिल्लाको तुलनामा सुरक्षित मानिएको ताप्लेजुङमा संक्रमणको दर दिनानुदिन बढ्दै गएकाले सरकारले तोकेको स्वास्थ्यका मापदण्ड पालना गरी संक्रमणबाट टाढै रहन जिल्ला प्रशासनले सूचनामार्फत् आग्रह गरेको हो।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले नजिकिएको तिहार, छठ पर्व, चासोक तङ्नाम लगायतका चाडबाडमा देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनका कार्य नगर्न नगराउन अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँले बताए। यदि अटेर गरेमा कानुनी कारबाही समेत गरिने उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  लमजुङमा ९७ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु

यस्तै दिपावलीको समयमा प्रयोग हुने बत्ती वा अन्य कारणले आगलागी जस्ता विपद्का घटना हुनेतर्फ समेत सजग हुन उनले अनुरोध गरेका छन्। यस्तै उनले स्वास्थ्य सुरक्षालाई ख्याल गर्दैै जमघट र भिडभाड नगरी चाडबाड मनाउन र सर्वसाधरणलाई संक्रमणबाट सुरक्षित राख्ने कार्यमा सघाउन सबै सरोकारवालामा आग्रह गरेका छन्।

Maruti Cement