रौतहटमा युवतीको गोली हानी हत्या

Prabhu Bank

रौतहट। रौतहटमा गोली प्रहारबाट एक युवतीको हत्या भएको छ। बुधबार राति ११ बजे गोली प्रहारबाट १८ वर्षिया अमृता कुमारीको हत्या भएको हो।

Saftey Pads

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक सिद्धिविक्रम साहको टोली घटनास्थलमा पुगेको छ। अमृताको कन्चटमा एउटा गोली लागेको साहले जानकारी दिए। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको छ।

अमृताको गत वर्ष फागुनमा सर्लाहीको मधुवनगोठका रूपेश साहसित विवाह भएको थियो। उनी विवाह लगत्तैदेखि लौकाहास्थित माइतीमा बस्दै आएकी थिइन्।

गत असारमा अमृताले श्रीमानसित सम्बन्ध विच्छेद गरेको उनको पारिवारिक श्रोतले बतायो।

अन्य सम्बन्धित समाचार:  उदयपुरमा बम बिस्फोट गराउने विप्लवका कार्यकर्ता पक्राउ
Maruti Cement