नेपालगन्जमा कोरोनाबाट थप एकको मृत्यु

Prabhu Bank

नेपालगञ्ज। बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेकी कोहलपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

Saftey Pads

श्वास प्रश्वासको समस्या भएपछि उपचारका लागि अस्पताल पुगेकी कोहलपुर नगरपालिका १ की ३२ वर्षीया महिलाको बुधबार राति ज्यान गएको हो।

श्वास प्रश्वासमा समस्या आएपछि उनी कात्तिक २५ गते कोहलपुर मेडिकल कलेजमा उपचार गराउन गएकी थिइन्। ती महिलामा कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा जिप दुर्घटना हुँदा पाँचको मृत्यु
Maruti Cement