नक्कली नोट छापेको आरोपमा तीन जना पक्राउ

Prabhu Bank

सिरहा। गोलबजार नगरपालिका-६, गोलबजारबाट आज सशस्त्र प्रहरी टोलीले नक्कली नोट छाप्दै गरेका तीन जनालाई रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय विमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय धिरज यादव र २० वर्षीय सन्जे राय छन्। नक्कली नोट छापेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गोलबजारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

Saftey Pads

केही दिन अघिदेखि सो ठाउँमा डेरा गरी बसेका उनीहरुलाई नक्कली नोट छापिरहेको अवस्थामा फेला पारिएको हो। उनीहरूका साथबाट प्रहरीले एक हजार दरका एक सय ४ वटा नक्कली नोट तथा छाप्दै गरेका एक हजार दरकै ५८० वटा नक्कली नोट बरामद गरेको छ।

अन्य सम्बन्धित समाचार:  विद्युत प्राधिकरण, हेटौंडाका प्रमुख इन्जिनियर जैसवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पक्राउ परेकाहरुलाई बरामद नक्कली रुपैयाँ सहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

Maruti Cement