बैतडीमा बस दुर्घटना हुँदा ९ को मृत्यु, ३४ यात्रु घाइते

Prabhu Bank

दिपक महरा, भावना पौडेल

Saftey Pads

बैतडी। बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३४ जना घाइते भएका छन्। मृतक सात पुरुष र दुई महिला छन्। मृतकको सनाखत हुन बाँकी छ।

बिहीबार राति १० बजे दशरथचन्द राजमार्गअन्र्तगत बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना भएको हो।

बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नाबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

घुम्तीबाट बस ६०० मिटर तल भिरमा खसेको हो। दुर्घटनामा घाइते भएका २७ जनाको डडेल्धुरा अस्पतालमा तथा सातको धनगढीमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  बैतडी: सिमार चाैकीमा कार्यरत सबै नाै प्रहरीलाई कोरोना

प्रहरी र स्थानीयबासी मिलेर राति घाइतेको उद्धार गरेका थिए। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।

बस चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका विरेन्द्र कार्की रहेको बताइएको छ। उनी बस मालिक समेत हुन्।

Maruti Cement