झापामा थप एक संक्रमितको मृत्यु

Prabhu Bank

झापा। झापाको शिवसताक्षी नगरपालिकामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

Saftey Pads

मृत्यु हुनेमा शिवसताक्षी ६ का ६२ वर्षीय पुरुष रहेका छन्। उनको बिहीबार राति मृत्यु भएको हो। ति पुरुषमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि उनको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको थियो। बि एण्ड सी अस्पतालका सूचना अधिकारी प्रमिस गिरीका अनुसार मृतक मृगौला रोगबाट पीडित थिए।

योसँगै शिवसताक्षी नगरपालिकामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।

अन्य सम्बन्धित समाचार:  लमजुङमा ९७ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु
Maruti Cement