बैतडी बस दुर्घटना अपडेट : मृतक ९ मध्ये ६ को पहिचान खुल्यो

Prabhu Bank

दिपक महरा
बैतडी। बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार राति बस दुर्घटनामा परी ज्यान गुमाएका ९ मध्ये ६ जनाको पहिचान खुलेको छ।

Saftey Pads

प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका दुर्घटनामा परी दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का ७५ वर्षीय तर्कराज गिरी र ४३ वर्षीय जगन्नाथ ओझा, बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी तथा कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको रहेका छन्।

दुर्घटनामा ज्यान गुमाएका गिरी साविक डाडाकोट गाविसका पूर्व सचिव हुन्। उनी महेन्द्रनगर घर जाँदै थिए। यस्तै ओझा अपिपथ माविका शिक्षक हुन्। उनी पनि तिहार विदामा महेन्द्रनगर घर जाँदै थिए। दुवै जनाको कञ्चनपुर र दार्चुला दोहरो बसाइँ थियो।

अन्य सम्बन्धित समाचार:  विश्वविख्यात फुटबल खेलाडी म्याराडोनाको निधन

तीन जनाको पहिचान खुल्न सकेको छैन। उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजे दुर्घटनामा परेको हो। बस ६ सय मिटर तल भिरमा खसेको थियो।

दुर्घटनाको कारण खुल्न सकेको छैन्। बसका मालिक तथा चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका वीरेन्द्र कार्कीसमेत घाइते छन्।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटनामा परेको हुनसक्ने आशंका गरिएको छ। दुर्घटना घाइते ३४ जनाको डडेल्धुरा अस्पताल र धनगढीमा उपचार भइरहेको छ।

Maruti Cement