महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्ती मनाइँदै

Prabhu Bank

काठमाडौँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

Saftey Pads

महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो। नेपाली साहित्यमा देवकोटा स्वच्छन्दतावादी (प्रगतिवादी) धारका प्रवर्तक मानिनुहुन्छ।

देवकोटाका रचनामा मानवतावाद र प्रकृतिप्रेम समेत झल्कन्छ। विसं २०१६ मा उहाँ शिक्षामन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गराउनु भएको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले कोभिड विशेष महासभालाई सम्बोधन गर्ने

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता थियो।

Maruti Cement