जनकपुरमा महिलामाथि घरमै एसिड प्रहार

Prabhu Bank

जनकपुरधाम। जनकपुरमा एक महिलामाथि घरमै बसिरहेको बेला एसिड प्रहार भएको छ।

Saftey Pads

जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरकी २६ वर्षीया आरती साहमाथि शनिबार बिहान एक युवकले एसिड प्रहार गरेका हुन्।

आरतीलाई जनकपुरको जानकी हेल्थ केयरमा भर्ना गरिएको छ। एसिड प्रहारबाट उनको अनुहार र छातीको भाग जलेको छ।

जनकपुरको देवपुरा रुपैठा घर भएकी आरती माइती घरमा बसिरहेको बेला एसिड प्रहार गरिएको हो। प्रहरीले एसिड प्रहार गर्ने व्यक्तिको खोजी गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  कारागारमा कैदी बन्दीको मृत्यु
Maruti Cement