कविता: नदेख्ने रुप

Prabhu Bank

 

Saftey Pads

देवराज कार्की ‘मिलन’।

तुलसीको मठ सिरानी दिएर लेटाई

भेँडाका ऊनको हातले बुनेको राडी

बिछ्याइएको बिस्तारामा मुढोझैँ सुताई

अचेत अघि डाको छोड्दै रुन्छ मान्छे।

सानो खाल्डो खनेर वर्गाकार बनाई

पानीको डुबुल्की छेउमा गाईको बाच्छी

त्यसको पुच्छर पानीमा डुबाएर मन्त्रणा

मृतप्राय: मान्छेको हात चोबेका छन् त्यहीँ।

श्रीमती चिच्याउदै रुँदैछिन् उहीँ

वैतरणी तार्दैछन् बाजे श्लोक पढी

बैकुण्ठ बास होस् भन्दैछन् छिमेकी

प्राणपखेरु उडेको छैन घिटिक्क छ।

छोराछोरी बटुल्न को कहाँ छन् खोज्न

रुवाबासी चल्यो कोही स्तब्ध भए छिनमै

चुरा फुटे सिंदुर पुछियो पोते चटक्कै छिन्यो

अब हतार पर्‍यो राख्नै हुन्न घाटकै चटारो।

रुप बेरुप बनाए सेताम्मे धोती फेरेर

बस्छन् काजकिरिया ठाउँ धागोले बेरेर

त्यो रुप देख्न सक्दैन मृत आत्माले कबै

लोकलाई देखाउन गर्नैपर्छ दु:ख बेसाई

न देख्छ रुप त्यो आफन्त रोएको धुरुधुरु

आत्मसन्तुष्टि मानेको पुर्खाको रीतिथिति।

Maruti Cement