२ हजार ५०३ संक्रमित डिस्चार्ज: १ हजार ९४६ थपिए

Prabhu Bank

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ सय पुगेको छ। त्यसैगरी देशभरमा २ हजार ५०३ जना डिस्चार्ज भएर घर फर्किएसँगै हालसम्म कोरोना जित्नेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ।

Saftey Pads

हाल देशभर ३६ हजार ४५२ जना सक्रिय संक्रमित छन्। तीमध्ये सबैजना आइसोलेसनमा छन् भने १ हजार ५७ जना क्वारेन्टाइनमा रहेका छन्। पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै हालसम्म देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २१५ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  कोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ: गभर्नर
Maruti Cement