बाग्लुङ: १५० किलो गाँजा सहित एक जना पक्राउ

Prabhu Bank

सुवास आचार्य, बाग्लुङ। जिल्ला प्रहरी कार्यालय बाग्लुङले लागुपदार्थ १५० केजी गाँजा सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। बाग्लुङ जिल्लाको पश्चिम निसिखोला गाउँपालिका वडा नम्बर ६ लुप्राङ्गका ३४ वर्षीय टेकबहादुर घर्तीलाई १५० केजी गाँजा सहित प्रहरीले पक्राउ गरेको हो।

Saftey Pads

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालयको टोलीले घर्तीको बारीमा तयारी अवस्थामा लुकाइ राखिएको ७ बोरा गाँजा सहित घर्तीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

गए राति सादा पोशाकमा खटिएका प्रहरीले बोरामा लुकाएर राखिएको गाँजा भएको पुष्टि भएपछि तत्काल प्रहरी टोलीले घर्तीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्लाप्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए।

यसअघि निसिखोला गाउपालिका-६ का वडा अध्यक्ष पनि ८६ केजी लागुपदार्थ गाँजा सहित पक्राउ परेका थिए।

अन्य सम्बन्धित समाचार:  नियन्त्रणमा लिएको तीन घण्टापछि नेता पाैडेल रिहा
Maruti Cement