भारतीय सुरक्षाकर्मीले कञ्चनपुरमा सीमाबाटै फर्कायो नेपालीलाई

Prabhu Bank

कञ्चनपुर। पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारत जाने नेपाली यात्रुलाई भारतीय पक्षले सीमानाकाबाट फिर्ता पठाएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले मजदुरी गर्न जाने नेपालीलाई सीमा नाकाबाटै फिर्ता पठाएको हो।

Saftey Pads

यसअघि आधार कार्डका आधारमा नेपाली सीमा नाका हुँदै भारततर्फ जाँदै आएका थिए। जानकारी नै नदिई सीमा नाका बन्द गरिएपछि सीमा क्षेत्रमा पुगेका नेपालीहरु फर्कन बाध्य भएका छन्।

भारतीय स्वास्थ्यकर्मीको टोली र अध्यागमनका कर्मचारीको टोली नआउँदा सीमा क्षेत्रमा नेपालीलाई प्रवेश गर्न नदिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक वीरसिंह महताले जानकारी दिए। मेडिकल र अध्यागमनको टोली नआएकाले प्रवेश नदिइएको हो। सीमा नाका प्रवेशमा नेपालीहरुलाई प्रवेश गर्न नदिएकोबारे आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन।

अन्य सम्बन्धित समाचार:  पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना

भारतीय सीमा क्षेत्र भएर फर्कने नेपालीहरुको सङ्ख्या ३० देखि ५० जना जति छ। दैनिक मजदुरी, स्वास्थ्योपचार र पेन्सन बुझ्नका लागि दैनिक नेपालीहरु सीमा नाका हुँदै भारततर्फ जाने गरेका छन्।

Maruti Cement