हुम्ला र जुम्लामा हिमपात

Prabhu Bank

हुम्ला। हिमाली जिल्ला हुम्ला र जुम्लामा हिउँ पर्न थालेको छ। कात्तिकको अन्तिम दिन आइतबारदेखि नै यहाँ हिमपात सुरु भएको हो।

Saftey Pads

दुवै जिल्लाका उच्च हिमाली क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ।

हिमपातका कारण तापक्रम माइनसमा झरेको छ भने जाडो निकै बढेको छ। जुम्ला सदरमुकाम खलंगा र हुम्ला सदरमुकाम सिमकोटमा हिमपातका कारण हवाई यातायात प्रभावित भएको छ।

हिउँ परेपछि कृषक भने खुसी भएका छन्। लामो समयदेखि वर्षा नहुँदा समस्यामा परेका कृषकलाई हिमपातले राहत मिलेको छ।

अन्य सम्बन्धित समाचार:  पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना
Maruti Cement