बाटोमै ज्यान गुमाएका दार्चुलाका विद्युत् कर्मचारीलाई कोरोना

Prabhu Bank

भोजराज जोशी
दार्चुला। उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै ज्यान गुमाएका नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाका कर्मचारी पदम बडालको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

Saftey Pads

श्वास प्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका बडाललाई शनिबार धनगढी रेफर गरिएको थियो। शरीरमा अक्सिनको मात्रा न्यून रहेका उनको बैतडीको सतबाँज नजिकै सलेनामा पुग्दा ज्यान गएको महाकाली नगरपालिका स्वास्थ्य संयोजक मोहनसिंह महराले बताए।

मृत्यु पश्चात् बैतडी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बडालको रिपोर्ट पोजिटिभ आएको हो।

अन्य सम्बन्धित समाचार:  रोकिएको कोरिया जाने प्रक्रिया थालिँदै
Maruti Cement