चिसो बढेसँगै उत्तरी गोरखामा हिमपात

Prabhu Bank

गोरखा। उत्तरी गोरखामा आइतबार रातिदेखि हिमपात शुरु भएको छ।

Saftey Pads

मौसममा एक्कासी बदली आएसँगै ल्हो, सामागाउँ, चुम्चेत, छेकम्पारलगायत क्षेत्रमा हिमपात पर्न शुरु भएको सामागाउँका मिङमार लामाले जानकारी दिए।

हिमपातपछि जनजीवन प्रभावित भएको छ। चिसो ह्वात्तै बढेको छ। हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको छ।

आवतजावत गर्न, विकास निर्माणका काम गर्न र खच्चडबाट समान दुवानी गर्न पनि समस्या भएको छ। लार्केपास र रुइला नाका जानेबाटो समेत अवरुद्ध भएको छ।

अन्य सम्बन्धित समाचार:  निषेधाज्ञा तोडेपछि काँग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
Maruti Cement