काभ्रेमा कोरोनाबाट एकैदिन तीनको मृत्यु

Prabhu Bank

काभ्रे। कोरोना भाइरसको संक्रमणबाट काभ्रेमा सोमबार एकैदिन ३ जनाको मृत्यु भएको छ।

Saftey Pads

कोरोना संक्रमणबाट अस्पतालमा उपचार गराइरहेका तीन जेष्ठ नागरिकको सोमबार मृत्यु भएको हो।

धुलिखेल अस्पतालमा उपचाररत पाँचखालका ९१ वर्षीय पुरुष, सोही अस्पतालमा उपचाररत भक्तपुरका ७३ वर्षीय पुरुष तथा बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत ७२ वर्षीय पुरुषको सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ।

हालसम्म जिल्लामा कोरोनाबाट ४५ जनाको मृत्यु भइसकेको छ। तीमध्ये ३१ जना काभ्रेका तथा १४ जना बाहिरी जिल्लाका रहेका छन्।

जिल्लामा संक्रमितको संख्या २ हजार २४३ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  कोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ: गभर्नर
Maruti Cement