दार्चुला पारीका भारतीय व्यापारीद्वारा महाकालीको पुल खुला गर्न माग

Prabhu Bank

दार्चुला। दार्चुला सदरमुकाम खलंगा पारीको भारतीय बजार धारचुलाका व्यापारीहरुले महाकालीको पुल खुला गर्न माग गरेका छन्।

Saftey Pads

नेपालसितको व्यापार पुनः सुचारु गर्न माग गर्दै उनीहरुले सिमानामा रहेको पुल खोल्न माग गरेका हुन्।

भारतको धारचुला बजार र खलंगालाई झोलुङ्गे पुलले जोडेको छ। गत चैत ११ गते लकडाउन गरिएदेखि उक्त पुल बन्द छ।

बीच बीचमा केही घण्टा नेपाल तथा भारतका नागरिकका लागि आपतकालीन प्रयोजनका लागि पुल खोल्ने गरिँदै आएको छ।

बन्द पुल अब सधैँका लागि खोल्नुपर्ने माग गर्दै भारतीय व्यापारीहरुले नेपाल तथा भारतीय प्रशासन र सुरक्षा निकायसित माग गर्दै आएका छन्।

भारतीय व्यापारीले पुल खोल्न माग गर्दै पुलमा धर्ना दिँदै आएका छन्।

अन्य सम्बन्धित समाचार:  नेपाललाई परराष्ट्रमन्त्रीस्तरीय वार्ताका लागि भारतको निम्तो
Maruti Cement