दाङमा दुर्घटनामा परी पत्रकारको मृत्यु

Prabhu Bank

दाङ। दाङमा सडक दुर्घटनामा परी पत्रकार मनिषा लामिछानेको मृत्यु भएको छ।

Saftey Pads

रेडियो हाम्रो पहुँचमा कार्यरत २२ वर्षीया लामिछानेको कार्यालय जाँदै गर्दा सोमबार दुर्घटनामा परी मृत्यु भएको हो। उनी दाजुलाई टीका लगाएपछि रेडियोमा काम गर्न जाँदै थिइन्।

तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीस्थित घरबाट बहिनीलाई रेडियोसम्म छोड्न दाजु विराजले मनिषालाई मोटरसाइकलमा लगेर गएका थिए। उनीहरू चढेको मोटरसाइकललाई तुलसीपुर बजारबाट आउँदै गरेको जीपले ठक्कर दिएको हो।

तुलसीपुर घोराही सडकको गुल्म चोकमा रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई लु अ क ३९४६ नम्बरको जीपलाई पछाडिबाट ठक्कर दिएको थियो।

स्थानीयले उद्धार गरी मनिषा र उनका दाजुलाई तुलसीपुरकै राप्ती प्रादेशिक अस्पताल पुर्‍याएका थिए। प्रारम्भिक उपचारपछि दुवै जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको थियो।

अन्य सम्बन्धित समाचार:  कैलालीमा जन्ती सवार जिप दुर्घटना, बेहुला बेहुलीसहित १३ घाइते

उपचारकै क्रममा सोमबार मनिषाको मृत्यु भयो। उनका दाजु विराजको भने उपचार जारी छ। चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।

Maruti Cement